महंगी नियन्त्रणमा नलागे सरकार र मन्त्रीहरुबिरुद्ध आन्दोलन गर्ने वाईसिएल कास्कीको चेतावनी

योङ्ग कम्युनिस्ट लिग (वाईसिएल) कास्कीले महंगी नियन्त्रण गर्न माग गरेको छ । वाईसिएल कास्कीका संयोजक एंगेल्स कार्कीले अहिले बढिरहेको महंगीले जनताको ढाड सेकेको भन्दै संघ, प्रदेश र स्थानिय सरकारलाई महंगी नियन्त्रण गर्न माग गरेको हो । महंगी नियन्त्रणमा नलागे सरकार र मन्त्रीहरुबिरुद्ध आन्दोलन गर्ने उनले चेतावनी दिए ।

ग्यासलगायत पेट्रोलियम पदार्थमा गरिएको मूल्य बृद्धिको विरोध गर्दै  पेट्रोलियम पदार्थमा पटक÷पटक गरिएको मूल्य बृद्धि फिर्ता लिन त्यस्तै, खाद्यान्नमा समेत अत्यधिक मूल्य बृद्धि भएको भन्दै वाईसिएल कास्कीले नियन्त्रण गर्न माग गरेको छ ।

वाईसिएल कास्कीले संघ र प्रदेशका मन्त्रीहरुले पाउने सेवा, सुविधा कटौति गरी जनतालाई राहत दिन माग गरेको छ । उसले विद्यार्थीलाई समयमै पुस्तक पु¥याउने वातावरण निर्माण गर्न तथा किसानलाई तत्काल मल उपलब्ध गराउनपनि माग गरेको छ । संयोजक कार्कीले विदाका दिन सरकारी गाडी चलाउन बन्द गर्न माग गरे । अन्यथा अटेर गरेर चलाए वाईसिएलले नियन्त्रणमा लिएर कारवाही गर्ने कार्कीले चेतावनी दिए ।

वाईसिएल कास्कीका संयोजक कार्कीले राष्ट्रको हितविपरित कार्य गर्ने जुनसुकै पार्टीका मन्त्री वा नेतालाई कारवाही गर्ने चेतावनी दिएका छन् । उनले देश र जनताको पक्षमा वाईसिएल कास्की सतिसाल झैं उभिनेपनि बताए ।

प्रतिक्रिया दिनुहोस