काठमाडौंबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिका–२६, मित्रनगरस्थित खाजा घरबाट पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । शनिबार बिहान प्राप्त सूचनाअनुसार खानतलासी गर्दा कटुवा पेस्तोल, सोको एक थान गोली र एक थाल खोका बरामद भएको प्रहरीको भनाइ छ ।

प्रहरी प्रभाग गोंगवु नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–१७, धोबीचौर घर भई काठमाडौं महानगरपालिका–१५ वनस्थली बस्ने ४२ वर्षीय जोयल थापा र नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका–१४ चौपत्ता बस्ने ३० वर्षका राजु विकलाई उक्त हतियार र गोलीसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस