नेकपा (बहुमत) र जनसमाजवादी मञ्च नेपालबीच पार्टी एकता हुँदै !

संसदीय संशोधनवादसँग विद्रोह गर्दै नेकपा (बहुमत) पुनर्गठनपछि पार्टीको क्रान्तिकारी ध्रुवीकरण आरम्भ भएको छ । असार १० गते शुक्रबार नेकपा (बहुमत) र जनसमाजवादी मञ्च नेपालबीच पार्टी एकता घोषणा भएपछि ध्रुवीकरण अभियान नै सुरु हुने बताइएको छ ।

नेकपा बहुमत केन्द्रीय कार्यालय र जनसमाजवादी मञ्चको केन्द्रीय कार्यालयबाट प्राप्त समाचारअनुसार भोलि मध्याह्न १२ बजे काठमाडौँ बिजुलीबजारस्थित क्रिस्टल पार्टी भेन्युमा पार्टी एकता कार्यक्रम तय भएको छ । नेकपा (बहुमत) र जनसमाजवादी मञ्चको एकतापछि पार्टीको नाम नेकपा (बहुमत) नै कायम रहने पनि स्रोतले बताएको छ ।

पार्टी एकता कार्यक्रममा नेकपा (बहुमत) का संयोजक कञ्चन, प्रवक्ता सुदर्शनलगायत नेताहरू र मञ्चका तर्फबाट संयोजक गम्भीरलगायत नेताहरूले वैज्ञानिक समाजवादी क्रान्ति, क्रान्तिकारी कम्युनिस्ट शक्तिहरूबीचको एकता, ध्रुवीकरणको औचित्य र आश्वयकताका बारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

सोही कार्यक्रमको अवसर पारेर विभिन्न पार्टी, मोर्चा, मञ्च र समूहमा आबद्ध सयौँ नेता–कार्यकर्ता नेकपा (बहुमत) मा ध्रुवीकृत हुने पनि प्राप्त समाचारमा उल्लेख छ । @रातोखबर

प्रतिक्रिया दिनुहोस