बीमा समितिले लेखापरिक्षण नबुझाउने बीमा कम्पनीहरुलाई कार्वाही !

मा समितिले बीमा कम्पनीहरुलाई कार्वाही गर्ने भएको छ। समितिले समयमा लेखापरिक्षण नबुझाउने २२ बीमा कम्पनीहरुलाई कार्वाही गर्ने भएको हो । १० हजार रुपैयाँ जरिवाना गराएको छ । बीमा समितिले निर्धारित समयमा वित्तिय विवरण तयार पारी लेखा परिक्षण प्रतिवेदन बीमा समितिमा नबुझाउने कम्पनीहरुलाई कारवाही गरेको हो ।

नियामक निकाय बीमा समितिले यसअघि पनि बीमा समितिको नियमित विपरित काम गर्ने वा दायरा बाहिर बस्ने कम्पनीहरुलाई कार्वाही गरेको थियो । नियामकीय सीमाभन्दा बाहिर गएका कम्पनीहरुलाई कानुनी दायरामा नबसे आगामी दिनमा थप कारवाही गर्ने सन्देश आज एकै पटक २२ वटा बीमा कम्पनीहरुलाई कारवाही गरेर दिएको छ ।

समितिले बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ बमोजिम तोकिएको समयसिमाभित्र बीमा समितिमा आर्थिक वर्ष २०७६र०७७ मा आफूले गरेको बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीहरू प्रत्येकलाई दश हजारका दरले जरीवाना गर्ने निर्णय समितिले गरेको छ ।

बीमा समितिले आज प्रकाशित गरेको बक्तव्यमा भनिएको छ, ‘बीमा ऐन, २०४९ को दफा २५ बमोजिम बीमा कम्पनीहरूले आफूले गरेका बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण मान्यताप्राप्त लेखापरीक्षकबाट गराई सोको प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र समितिसमक्ष पेश गर्नुपर्ने अनिवार्य कानूनी व्यवस्थाको जानी–जानी उल्लङ्घन गरेकाले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम ती कम्पनीहरूलाई जरिवाना गरिएको हो।’

प्रतिक्रिया दिनुहोस