नेपाल कम्युनिस्ट पार्टी ( बहुमत ) कास्कीले पोखरा महानगरपालिका २१ फोक्सिङ्गकोटमा रहेको करीब ९६ रोपनि जग्गा मुठ्ठीभर भू-माफियाले कब्जा गरेको भन्दै यसको बिरुद्द्मा उत्त वडाका वडा अध्यक्ष दिपक सुवेदीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
पोखरामहानगर इन्चार्ज रबिन्द्र राई र सेक्रेटरी यम भट्टराई द्वारा हस्ताक्षरीत बिज्ञप्तिका अनुसार उत्त जग्गामा कुनै प्रोजेक्ट सञ्चालन गर्ने उद्देश्यका साथ विन प्रा.लि र किसानहरु बिच भएको सम्झौता अनुरुप स्थानिय जनतालाई रोजगार प्रदान गर्ने, गाउँको बिकासमा पुर्ण साथ सहयोग गर्ने साथै उत्त योजना पाँच बर्षभित्र सञ्चालनमा नआएको खण्डमा स्थानिय जनताको जग्गा पुरानै मुल्यमा फिर्ता गर्ने सहमति भएको उल्लेख गरीएको छ ।
यस्तै किसानको जग्गा फिर्ता गर्न स्थानिय सरकार तथा सरोकारवालाहरुलाई आग्रह गरेको छ भने सो कार्य नगरेमा साथै जग्गा किनबेच गर्ने तथा अन्य प्रयोजनका लागि दुरुपयोग गर्ने गराउने पाईएमा आफुहरु भू- माफियाका विरुद्ध कडा संघर्षमा उत्रने भन्दै वडा अध्यक्षसामु ध्यानाकर्षण गराएको छ ।
तत्कालिन गा.बि.स हुँदा विन प्रा.लि र जग्गा धनिका बिचमा कुनै प्रोजेक्ट सञ्चालन गर्नका लागि भएको सम्झौता अनुरुप करीब २१ बर्षसम्म पनि कुनै कार्य नभएको साथै जग्गा बाँझै रहेको हुँदा किसानहरुले आफुहरु संग प्रा.लिले गरेको सम्झौता अनुरुप जग्गा फिर्ता गर्न माग गरेका थिए ।