तनहुँमा चितुवाको आतंक, आक्रमणबाट फेरी पाँच बर्षिय बालकको मृत्यु !

चितुवाको आक्रमण बाट तनहुँ,बन्दिपुर गाउँ पालिका वडा नं.१ स्थित बाेडिस्वाँरामा प्रेम थापाको ५ बर्षिय छोराको मृत्युु भएको छ ।

आज मङ्गलवार करीब ४:१५ को समयमा बन्दिपुर १ का पुर्व गाउँ पालिका अध्यक्ष  पुर्ण सिह थापाको बोडीस्वाराको जग्गामा कमाई गर्दै आएका दुई बच्चा सहित प्रेम थापा र उनकी श्रीमती  जङ्गलको बिचमा भएको घरमा बस्दै आएका थिए ।

प्रेम थापा काममा गएको बेला आमाले स्कुल बाट फर्कदै गर्दा दुई बच्चा संगै लिएर हिड्दा सानो छोरालाई चितुवाले हातबाटै खोसेर लगेको उनले बताईन । आँफुले ढुँङ्गा मुडा गर्दा पनि केही सिप नलागेपछि स्थानियलाई हार गुहार गरेको उनि बताउँछिन्  । स्थानियहरुको हल्लाखल्लाले गर्दा घर माथिको जङ्गलमा करीब २०० मिटर माथि  घाँटिमा एकापट्टि  कोतारिएको अर्को तिर प्वाल परेको अवस्था मृत अवस्थामा भेटिएको स्थानियले बताए ।

प्रतिक्रिया दिनुहोस