काठमाडौँ — २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका बस्ने २४ वर्षीय रितेश तामाङ, काठमाडौं महानगरपालिका-६ बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-२ घर भएका २२ वर्षीय रिन्जेन शेर्पा, काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने सर्लाही बागमती नगरपालिका-४ घर भएका ३४ वर्षीय उत्तम लामा, बौद्ध बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-४ घर भएका लुङ्ता गेस्ट हाउसका सञ्चालक ३४ वर्षीय आङनिमा भन्ने झ्याम्पा ढिल्ले शेर्पा रहेका छन् ।
काठमाडौं महानगरपालिका-६ बौद्धस्थित लुङता गेस्ट हाउसमा ती महिलालाई आइतबार ३ जना पुरुषले जबरजस्ती करणी गरी फरार भएको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई बौद्धस्थित विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।