नेपाल कम्युनिस्ट पार्टी ( बहुमत ) को गण्डक ब्युरोको आयोजनामा आज कास्कीको पोखरामा राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
पार्टीका संयोजक धर्बेन्द्र बास्तोला “कन्चन” को प्रमुख आतिथ्यता तथा पार्टी प्रबत्ता हेमन्त प्रकास वली सहितको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको हो ।
गण्डक ब्युरो अन्तर्गतका पार्टीका जिम्मेवार सदस्यहरु सहित भएको राजनीतिक बैचारिक प्रशिक्षण कार्यक्रममा संयोजक कन्चनले पार्टीको कार्यदिशा, कार्यनिति र कार्यक्रमका बिषयमा प्रष्ट पार्दै बैज्ञानिक समाजवाद प्राप्तिका लागी अगाडी बढ्नुपर्नेमा जोड दिनुभएको थियो । यस्तै संयोजक कन्चनले बिप्लवबाट छुटिनुपरेका कारणहरु उल्लेख गर्दै उनले बिप्लवमा बैचारिक नपुंसकता देखा परेको साथै नितिगत कुराहरुमा कुहिरोको काग जस्तो भएको आरोप लगाउनु भयो । साथै उहाँले लामो समयसम्म बिप्लवबाटै क्रान्ति सम्पन्न होस् भन्ने आफ्नो चाहना रहेता पनि बिप्लव बहसबाट पन्छिएर आफ्नो निषेधात्मक अधिभुतवादी बिचार देखाएका कारण त्यो सम्भब नरहेको उल्लेख गर्नुभयो ।
यस्तै उत्त कार्यक्रममा पार्टीका प्रवक्ता हेमन्त प्रकाश ओलीले पार्टीको राजनीतिक, शैद्दान्तिक बिषयहरु प्रस्तुत गर्नुभएको थियो । प्रवत्ता ओलीले क्रान्तिको बाटो खोज्दै जाँदा सबै सहयात्रीहरु संगै गन्तव्यमा पुग्छन् भन्न नसकिने बताउँदै बिप्लवसंग आफुहरुले बिचाराधात्मक रुपमा नै फुट्नु परेको उल्लेख गर्नुभयो । त्यस्तै उहाँले बिप्लव भित्र दार्शनिक रुपमा सारसंग्रहवादी, राजनितीक रुपमा संसदीय संसोधनवादी, सांगठनिक रुपमा निशेधात्मक अधिभुतवादी, आर्थिक रुपमा जुझारु अर्थवाद, आत्मसुरक्षावाद साथै स्वच्छन्दतावाद देखा परेको जस्ता आरोपहरु औल्याउँदै बिप्लवको उद्देश्य समाजवाद तर्फ नभई आफु महलको राजा हुँदै सत्तामोह तर्फ ढल्किएको बताउनु भयो ।
उत्त प्रशिक्षण कार्यक्रम नेकपा बहुमतका गण्डक ब्युरो इन्चार्ज रुपेश, नवौ महाधिवेशन आयोजक समिति सदस्य तथा कास्की र स्याङ्जा जिल्ला इन्चार्ज गोकुल पराजुली, अनन्त, दल बहादुर, लगायतको उपाथिति रहेको थियो भने गण्डक ब्युरो इन्चार्ज रुपेश को अध्यक्षतामा भएको कार्यक्रमलाई स्वागत गोकुल पराजुलीले गर्नुभएको थियो । यस्तै कार्यक्रम नवौं महाधिवेशन आयोजक समितिका सद्स्य सुजनले संचालन गर्नुभएको थियो ।