पोखरा – स्थानिय तह निर्वाचन २०७९ अन्तर्गत पोखरा महानगरपालिका वडा नं ३३ को वडा अध्यक्षमा निर्वाचित हुनुभएका रामचन्द्र अधिकारीले आज सोमबार पदबहाली गर्नुभएको छ ।
पदबहाली संगै वडाअध्यक्ष अधिकारीले दुई महत्त्वपूर्ण निर्णयहरु गर्नुभएको छ। उहाँले वडा भित्र जम्मा पाँच मतदान बुथहरु रहेकोमा उत्त बुथका आसपास फ्री ईन्टरनेट सेवा प्रवाह गर्ने साथै बिद्यालयमा समेत वडाका तर्फबाट भुत्तानी हुनेगरी बिधालयलाई निशुल्क ईन्टरनेट सेवा प्रवाह गर्ने निर्णय गर्नुभएको हो ।
त्यसैगरी उहाँले बिकास निर्माण भन्दापनि जनताको जिवनस्तर कसरी उकास्ने भन्नेमा आफ्नो ध्यान रहेको बताउनुभएको छ । पर्यटनको दृष्टिकोणको भरीपुर्ण वडालाई पर्यटन, कृषि, शिक्षा, स्वस्थ्य लगायतको अत्यबश्यक कुराहरुमा फराकिलो बनाउदै वडालाई पोखरा कै नमुना वडा बनाउन पहल गर्ने बताउनु भयो ।
यस्तै पदवहालीका क्रममा वडाअध्यक्ष अधीकारीले विस २०७४ मा निर्वाचित भई कार्यकाल सम्पन्न वडा निवर्तमान पधादीकारीहरुलाई सफलता पुर्वक कार्यकाल सम्पन्न गरेकोमा धन्यवाद ब्यत्त गर्नुभएको थियो भने बैसाख ३० गतेका निर्वाचनमा आफुलाई भारी मत दिएर बिजयि बनाउनुहुने र सहयोग गर्नुहुने सबैलाई धन्यवाद ब्यत्त गर्नुभएको थियो ।
२०७९ को स्थानिय निर्वाचनमा अधीकारी नेपाली काङ्ग्रेसका तर्फबाट वडाअध्यक्षमा बिजयी हुनुभएको हो भने वडा सदस्यमा दुई सदस्य एमाले र दुई काङ्ग्रेसको बिजय भएको हो ।