पोखरा, धर्मेन्द्र बास्तोला ‘कन्चन’ ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध आज बिहिवार पोखरामा बिरोध प्रदर्शन गरेको छ ।
पोखराको मियापाटन चोकमा भएको उत्त कार्यक्रममा पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धी खारेज गर, महङ्गीको नियन्त्रण गर, दलाल पुँजीवादी संसदीय व्यवस्था मुर्दावाद, वैज्ञानिक समाजवादी क्रान्ति जिन्दावाद लगायतका नाराहरु लगाएर विरोध प्रदर्शन गरेका थिए ।
उत्त बिरोध सभालाई कास्की जिल्ला सदस्य तथा अन्नपूर्ण गाउँपालिका सेक्रेटरी राजेश लम्सालले सम्बोधन गर्नुभएको थियो ।
मङ्गलबार दिउँसो पोखराको पृथ्वीचोकमा सिठी जुलुस निकालेर प्रदर्शन गरेको नेकपा बहुमत कास्कीले पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गतका कार्यक्रमहरु गरीने जनाएको छ ।
पेट्रोलियम पदार्थमा भएको पटक पटकको मुल्यवृद्धिका कारण जनताको जनजिविका चरम संकट उत्पन्न भएको भन्दै उत्त पार्टीले संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको छ । सार्वजनिक कार्यक्रम अन्तर्गत जेठ १० गते सिठि जुलुस, १२ गते छड्के जुलुस सहित कोण सभा, १४ गते देशभरका आयल निगम कार्यलयहरु घेराउ, १६ गते काठमाडौमा प्रधानमन्त्री निवास बालुवाटार र देशभर मुख्यमन्त्री निवास धर्ना, १८ गते सिह दरवार र पालिका कार्यलयमा धर्ना, २० गते मशाल जुलुस र २२ गते एक घण्टा चक्काजामको कार्यक्रमहरु रहेको छ ।