पुतली चिन्न लिएर पोखरामा बिभिन्न वडा तथा महानगरमा उमेदवारी दर्ता गराई स्थानिय तह अन्तर्गत संसदीय निर्वाचनमा होमिएका बिप्लव समुहको लस्जास्पद हार ब्यहोर्नुपरेको छ ।
बिप्लव समुहबाट स्वतन्त्र रुपमा पोखरा महानगरपालिकाको मेयर पदमा उठेका किसान सिंह गुरुङले १३५ मत ल्याएर हार ब्यहोर्नु परेको छ भने उपमेयरकी सोम माया बिस्वकर्माले ६५ मत मात्र ल्याएकी छन् ।
यस्तै बिप्लव समुह बाटै स्वतन्त्र उमेदवार पोखरा ३२ मा वडा अध्यक्ष प्रत्यासी निरुता बिकको १७ मत आएको छ । यता पोखरा ३३ वडा अध्यक्ष लोकनाथ पौडेलको जम्मा ३ मत आएको छ । यस्तै पोखरा १८ मा पनि जम्मा बिप्लव समुहका वडा अध्यक्ष प्रत्यासी पर्णा खड्का बिस्वकर्माले जम्मा १२ मत पाएका छन् ।
उत्त समुहले कास्कीको माछापुच्छ्रे गाउपालिका वडा नम्बर ४ मा समेत स्वतन्त्र उमेदवारको रुपमा यसै गाउँपालिका शिब भण्डारीलाई उठाएको थियो जसमा उनले जम्मा १७ मत पाएका थिए ।
बिप्लव बाटै पोखरा १६ का वडा अध्यक्षका लागी स्वतन्त्र उम्मेदवार दिएका यम भट्टराईले आफ्नो उमेदवार फिर्ता गर्दै नेकपा ( बहुमत ) को निर्णय अनुरुप अघि बढेका थिए ।