पोखरा महानगरपालिका ३३ मा १००० मतगणना हुँदा प्यानल सहित काङ्ग्रेस अगाडी देखिएको छ ।
वडा अध्यक्षका लागी काङ्ग्रेसका तर्फबाट उमेदवार रामचन्द्र अधिकारीले एमालेका अर्का प्रत्यासी उमेदवार शिब प्रसाद आचार्यलाई १२८ मतले पछि पार्दै अगाडी बढिरहेका छन् ।
अधिकारीले ५२९ मत ल्याउदा आचार्यको मत ४०१ रहेको छ ।
यस्तै महिला सदस्यमा कांग्रेस उम्मेदवार दुर्गादेवी केसी –थापा) ४८७ मत ल्याएर अग्रता बनाउँदा एमाले उम्मेदवार शान्ती पाध्याले ४१७ मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै, दलित महिला सदस्यमा एमाले उम्मेदवार लिलादेवी नेपालीले ४१६ मत ल्याएर अग्रता बनाउँदा नेकपा एकीकृत समाजवादीका उम्मेदवार सृष्टी विकले ३७२ मत ल्याएर पछ्याईरहेकी छन् ।
खुल्ला सदस्यतर्फ एमाले उम्मेदवार ४०० र कांग्रेस उम्मेदवार प्रकाश कार्की ४९८ मत ल्याएर अग्रता बनाउँदा एमाले उम्मेदवारले ३८२ र माओवादी उम्मेदवारले ३८१ मत ल्याएर पछ्याईरहेका छन् ।
पोखरा ३३ मा ५ वटा मतदान केन्द्र रहेको थियो भने पाँच केन्द्रबाट जम्मा ६५०८ मत खसेको थियो ।