कास्कीको रुपा गाउँपालिकामा एमालेबाट अध्यक्षमा ओझा र उपाध्यक्षमा गुरुङ विजयी

कास्कीको रुपा गाउँपालिकामा एमालेबाट अध्यक्षमा नवराज ओझा र उपाध्यक्षमा लालसुबा गुरुङ विजयी भएका छन् ।

ओझाले ५७४९ मत ल्याउँदा कांग्रेसकी गिमाया गुरुङले ४१३७ मत ल्याइन् ।

यस्तै, उपाध्यक्षमा एमालेकी गुरुङले ५३३२मत ल्याएर विजयी हुँदा कांग्रेसका नारायण श्रेष्ठले ४१५३ मत ल्याए ।

यो गाउँपालिकाका ७ वडामध्ये ६ वटामा एमालेले प्यानलसहित जितेको छ।

प्रतिक्रिया दिनुहोस