कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

पोखरा, २ जेठ । कास्कीको कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारहरुले जीत हासिल गरेका छन् । अध्यक्षमा मीनबहादुर गुरुङ र उपाध्यक्षमा सिता अधिकारी विजयी भएका हुन् ।

नेपाली कांग्रेसका गुरुङले नेकपा एमालेका विक्रम गुरुङलाई ४ सय ८२ मतान्तरले पराजित गरेका थिए । अध्यक्षमा विजयी भएका मीनबहादुरले ५ हजार ९ सय ८१ म्त प्राप्त गरेका थिए भने पराजित एमालेका विक्रमले ५ हजार ५ सय १५ मत प्राप्त गरेका थिए ।

त्यसैगरी, गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेस कैं सिता अधिकारी निर्वाचित भएकी छिन् । उनले एमालेकी सीता तिवारीलाई ४ सय २५ को मतान्तरले पराजित गरेकी छिन् । उपाध्यक्षमा जीत हासिल गरेकी कांग्रेसकी अधिकारीले ५ हजार २ सय ७५ मत प्राप्त गरेकी थिईन् । उनकी प्रतिस्पर्धी एमालेकी तिवारीले ४ हजार ८ सय ९७ मत प्राप्त गरेकी थिईन् ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जीत हासिल गरेसँगै ७ वटा वडामा समेत कांग्रेसले विजयको झण्डा फरफराएको छ । जसमा वडा नं. १ मा इन्द्र गुरुङ, वडा नं. २ मा गणेश आचार्य, वडा नं. ३ मा हरिचन्द्र लम्साल, वडा नं. ४ मा मधुसुदन अधिकारी, वडा नं. ५ मा नारादप्रसाद पौडेल, वडा नं. ८ मा राम गुरुङ र वडा नं. ९ मा हरिबहादुर क्षेत्रीले वडाध्यक्षमा जीत हासिल गरेका छन् ।
त्यसैगरी, वडा नं. ६ मा नेकपा एमालेका टेकनाथ गौतम र वडा नं. ७ मा नेकपा माओवादी केन्द्रका बैकुण्ठ प्रसाद भण्डारी विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस