अखिल (क्रान्तिकारी) संयुक्त जिल्ला समिति चितवनद्वारा वेपत्ता पुर्ण पौडेल खोज सभा कार्यक्रम सम्पन्न !

अखिल (क्रान्तिकारी) संयुक्त जिल्ला समिति चितवन को आयोजनमा महान जनयुद्धका बेपत्ता योद्धा तथा संगठनका तत्कालीन महासचिव क.पुर्ण पौडेल को खोजसभा कार्यक्रम सम्पन्न गरेको छ ।

भरतपुर स्थित सप्तगण्डकि बहुमुखी क्याम्पसमा आयोजना गरिएको कार्यक्रम अखिल (क्रान्तिकारी) चितवनका जिल्ला इन्चार्ज तथा केन्द्रिय सचिवालय सदस्य क.बिकल्प खत्रीको अध्यक्षतामा गरिएको थियो ।
कार्यक्रम मा नेकपा का केन्द्रिय सदस्य तथा जिल्ला इज्चार्ज प्रमुख अतिथि रहनुभयको थियो भने अतिथि हरु नेकपा चितवनका विशेष समिती सदस्य क.रुद्र भट्टराई ,जिल्ला सेक्रेटरी मिन प्रसाद सापकोटा ,अखिल (क्रान्तिकारी) का केन्द्रिय कार्यलय सदस्य क.अटल शर्मा र नेकपा जिल्ला सदस्य सुदिप पौडेल थिए ।

कार्यक्रममा जिल्ला इन्चार्ज सन्देश पौडेल विशेष समिति सदस्य रुद्र भट्टराई र अखिल (क्रान्तिकारी) का केन्द्रिय कार्यलय सदस्य अटल शर्मा ले मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रमको संचालन अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य सुमन श्रेष्ठ ले गरेका थिय भने स्वागत मन्तव्य अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य केशब भट्टराई ले गर्नुभयको थियो ।

प्रतिक्रिया दिनुहोस