२० बर्ष लगातार छोरा खोज्दै मोतिमाया, वेपत्ता योद्दा पुर्ण पौडेल खोज सभा कार्यक्रम पोखरामा सम्पन्न !

नेपाल कम्युनिस्ट पार्टी कास्की लगायत संयुक्त जबस मोर्चा कास्कीद्वारा महान जनयुद्धका वेपत्ता योद्दा क. पुर्ण पौडेलको खोज सभा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम पोखराको सहिद स्मृति बिध्यालय स्थित सहिद स्मृति सभाहलमा भएको हो । कार्यक्रमलाई स्वागत मन्तब्य अखिल नेपाल ट्रेड युनियन महासंघ क्रान्तिकारीका कास्की जिल्ला अध्यक्ष लोकेन्द्र राईले गर्नुभएको थियो भने संचालन अखिल क्रान्तिकारीका कास्की जिल्ला संयोजक सचिन पौडेलले गर्नुभएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय सदस्य तथा वेपत्ता योद्दा पुर्ण पौडेलको जिवन संगीनी साबित्रा दुरा आस्थाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रम अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ कास्की जिल्ला इन्चार्ज प्राप्ति बिकको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

उत्त कार्यक्रममा वेपत्ता योद्दा पुर्ण पौडेलको आमा मोतिमाया पौडेल, पुर्ण पौडेलका दाजु तथा यातायात ब्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष केदार पौडेल, बहीनी तेज कुमारी पौडेल, भान्जा डा. रबि थापाको समेत उपस्थिति रहेको थियो भने वेपत्ता परीवार समाज कास्कीका अध्यक्ष अणनाथ बराल, नेकपा कास्की जिल्ला सेक्रेटरी गोकुल पराजुली, नेकपा क्रान्तिकारी माओवादी गण्डकी प्रदेश सदस्य प्रशु कोईराला, नेकपा माओवादी( समाजवादी ) गण्डकी प्रदेश इन्चार्ज भोजराज त्रीपाठी, नेकपा बैज्ञानिक समाजवादी पार्टीका प्रतिनिधि बिकास लिङ्गदेली, सहिद बेपत्ता परीवार राधिका सिन्खडा, सहीद सन्तति फाउन्डेसन गण्डकी प्रदेश अध्यक्ष संगीता बराल, भुपु बिध्यार्थि मन्चका संयोजक सुजन सापकोटा साथै सहित स्मृति स्कुलकी प्रअ मोना गिरीको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा वेपत्ता योद्दा पुर्ण पौडेलका दाजु केदार पौडेलले भाईको जिवनी प्रस्तुत गर्दै बिध्यार्थि आन्दोलनलाई अगाडी बढाउने सवालमा पुर्ण पौडेलको नेतृत्व सम्मानजनक रहेको बताउदै उनिहरुको सपनालाई साकार बनाउनुपर्नेमा जोड दिनुभएको थियो । यस्तै पुर्ण पौडेलकी आमा मोतिमाया पौडेलले मन्तब्य राख्दा कार्यक्रम हल निकै भावुक बन्न पुगेको थियो । आमा मोतिमायाले छोरा पुर्णलाई सम्झदै राज्यले वेपत्ताको खोजी यथाशीघ्र चाडो गर्नुपर्ने भन्दै छोराले बोकेको सपनालाई पुरा गर्न आफु पनि अनवरत लागीरहेको बताउनु भएको थियो ।

उत्त कार्यक्रममा नेकपा केन्द्रीय सद्स्य तथा कार्यक्रमकी प्रमुख अतिथि साबित्रा दुरा आस्थाले राज्यको निरिहताले गर्दा आजसम्म पनि सहीद लाई राष्ट्रिय सहीद र वेपत्ताको खोजी नभएकोमा दु:ख ब्यत्त गर्नुभएको थियो । यस्तै उहाँले हजारौं सहीद ,वेपत्ताको सपना साकार नहुदासम्म क्रान्तिको मार्ग नछाड्ने समेत प्रतिबद्धता दिनुभएको थियो । उहाँले आफुहरु दलाल राज्यब्यवस्थाको अन्त्य गर्दै बैज्ञानिक समाजवादी ब्यवस्था अस्थापित गर्नका लागी संघर्ष गरीरहेको समेत बताउनु भएको थियो ।

कार्यक्रममा उपस्थित अन्य अतिथिहरुले पनि आफ्नो मन्तब्य  राखेका थिए ।

नेकपा माओवादीले गरेको १० बर्षे जनयुद्दका क्रममा तत्कालिन अखिल क्रान्तिकारीका महासचिव समेत रहेका पुर्ण पौडेललाई राज्यले २०५९ बैशाख १३ गते काठमाडौको कालिमाटीबाट गिरफ्तार गरी वेपत्ता बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस