नेकपा माओवादी केन्द्रले कास्कीको मादी गाउँपालिकाको प्रमुखमा चार जनाको नाम सिफारिस

नेकपा माओवादी केन्द्रले कास्कीको मादी गाउँपालिकाको प्रमुखमा चार जनाको नाम सिफारिस गरेको छ । गठबन्धन दलहरुबीच तालमेल भएको अवस्था बाहेक एकल चुनाव लड्नुपर्ने अवस्थाका लागि भन्दै माओवादी केन्द्रले गाउँपालिकाको प्रमुखमा एंगेल्स कार्की, कृष्णराज दाहाल, तोरण गुरुङ र लालबहादुर गुरुङको नाम सिफारिस गरेको हो ।

माओवादीबाट पालिका प्रमुखमा सिफारिसमा परेका एंगेल्स वाईसिएल कास्कीका अध्यक्ष तथा नेकपा माओवादी केन्द्र मादी गाउँपालिकाका उपाध्यक्ष हुन् । त्यस्तै, प्रमुखमा सिफारिसमा परेका कृष्णराज दाहाल नेकपा माओवादी केन्द्र मादी गाउँपालिकाका पूर्व अध्यक्ष हुन् भने अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय सदस्य हुन् ।

नेकपा माओवादी केन्द्रबाट पालिका प्रमुखमा सिफारिसमा परेका तोरण गुरुङ नेकपा माओवादी केन्द्र मादी गाउँपालिकाका अध्यक्ष हुन् । उनी निर्वाचित वडाध्यक्ष पनि हुन् । त्यस्तै, पालिका प्रमुखमा सिफारिसमा परेका लालबहादुर गुरुङ मादी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस