चुनावी प्रतिबद्धतापत्र आज सार्वजनिक गर्दै राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज बुधबार चुनावी प्रतिबद्धता पत्र  सार्वजनिक  गर्दैछ । राप्रपा प्रवक्ताका अनुसार दिउँसो २ बजे पार्टी कार्यालय धुम्बाराहीबाट प्रतिबद्धता पत्र सार्वजनिक गरिने भएको हो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धता पत्र  सार्वजनिक गर्ने भएका हुन् ।

घोषणापत्रमार्फत राप्रपाले पार्टीको प्रतिबद्धता र योजना ल्याउने तयारी गरेको छ । नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले यसअघि नै घोषणापत्र र प्रतिबद्धता पत्र  सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस