नेकपा कास्कीद्वारा जिल्ला इन्चार्ज शिलुलाई कारवाही गर्न माग, काजि गुरुङलाई जिल्लाबाट हटाईयो !

पोखरा – नेपाल कम्युनिस्ट पार्टी कास्कीले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज उमा भुजेल `शिलु´ लाई केन्द्रीय समितिलाई सम्बोधन गर्दै कारवाहीको माग गरेको छ भने कास्की जिल्ला सदस्य काजि गुरुङलाई जिल्ला सदस्यबाट हटाई कारवाही गरेको जनाएको छ ।

आज सोमबार जिल्ला सेक्रेटरी गोकुल पराजुली लगायत १७ जनाको हस्ताक्षर सहित बिज्ञप्ति जारी गर्दै इन्चार्ज शिलु लाई कारवाही माग गरेको हो भने काजि गुरुङ लाई जिल्लाको सम्पुर्ण जिम्मेवारीबाट हटाई सामान्य सदस्य रहनेगरी कारवाही गरेको हो ।

बिज्ञप्तिका अनुसार नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कास्कीको लेटरप्याडमा २०७९/०१/०३ गतेका दिन उमा भुजेल `शिलु´ को हस्ताक्षरमा प्रकाशित बिज्ञप्तिको भ्रममा नपर्न  सम्पुर्ण कमरेडहरु र आम जनसमुदायमा अनुरोध गरीएको छ ।

यस्तै जिल्ला सेक्रेटरी क. गोकुल पराजुलीको अध्यक्षतामा यही मिति २०७९/०१/०४ गतेका दिन जिल्ला पार्टीको बैठक बसी हिटलरी शैली तथा निषेधात्मक र नोकरशाही प्रवृत्तिका कारण आफ्नो असक्षमतालाई ढाकछोप गर्न उमा भुजेल `शिलु´ ले कास्की जिल्लाका सेक्रेटरी क. गोकुल पराजुली, जिल्ला सदस्य बद्री अधिकारी र रमाकान्त बास्तोलालाई नेपाल कम्युनिस्ट पार्टीको साधारण सदस्य समेत नरहने गरी गरीएको कथित कारवाही सरासर पार्टी बिरोधि, संगठन बिरोधि एवं एकीकृत जनक्रान्तिको पद्धति र मान्यता बिरोधि भएको निष्कर्ष सहित कास्की जिल्लाका अत्याधिक बहुमत जिल्ला सदस्यहरु र आम कार्यकर्ताहरु द्वारा घोर निन्दा तथा ठाडो अस्विकार गरेको उल्लेख गरीएको छ साथै उमा भुजेल `शिलु´ हदैसम्मको गुटवादी, फुटवादी, निरंकुश र संगठनात्मक रुपले घोर स्वच्छाचारी भएको कारण कास्की जिल्लाको इन्चार्जबाट बहिस्कार गरीएको बिज्ञप्तिमा उल्लेख गरीएको छ । बिज्ञप्तिमा उमा भुजेलद्वारा लगाईएका आरोपहरु पुर्ण रुपमा निराधार, कपोकल्पित तथा चरम पुर्वाग्रही रहेको पनि जानकारी गराउँदछौं । बरु स्वयं उमा भुजेल `शिलु´ले संगठनलाई क्षेतवीक्षत पारेको, लज्जास्पद गुटबन्दी गरेको, बर्षौसम्म आर्थिक हिसाब किताब नदेखाएको, दलाल – माफियाहरुसंग आर्थिक संबन्ध बनाएको, जथाभावी संगठनात्मक निर्णय गरी ईमानदार कार्यकर्तालाई वाईपास गर्ने, भ्रम छर्ने, धम्काउने गरेको, हैसियतको नाङ्गो दुरुपयोग गरी पार्टीको निति – बिधि –  अनुशासन र मर्यादा वेपरीत निरन्तर हर्कत गरेको आरोप लगाएका छन्  ।

बिचार, निति र सिद्धान्तलाई धज्जि उडाउदै आफ्नो निहित गुटवादी स्वार्थ पुरा गर्न तलदेखी माथिसम्मका कार्यकर्तालाई पैसाको भरमा संबन्ध बढाउने, डर धम्की र पैसाकै बलमा कार्यकर्तालाई किनबेच गर्ने जस्ता सर्वाहारावादी मुल्यमान्यता विरुद्द गम्भिर प्रकृतिका गल्तिहरु उमा भुजेल `शिलु´ ले गरीरहेको  स्पष्ट पार्दै पार्टीलाई गम्भिर नोक्शान पुर्याउने दृष्टिकोण भएका उमा भुजेल `शिलु´ लाई कारवाही गर्न पार्टीको केन्द्रिय कार्यलयलाई जोडदार माग गर्दै केन्द्रीय कार्लयलाई अपिल गरीएको छ ।

यता जिल्ला सदस्य काजि गुरुङ लाई भने कार्यकर्तामा निराश पैदा गर्ने, समाजवाद र साम्यवाद सम्भव छैन भन्ने, पार्टीभित्र गुटवादी तथा फुटवादी क्रीयाकलाप गरेको, जिल्लाको आर्थिक बिभागमा रही क. शिलुको संरक्षणमा आर्थिक अनियमितता गरेको, ईलाका र जबस मोर्चा द्वारा उत्पादनका निम्ति बुझाईएको आर्थिक रकम मनोगत रुपमा खर्च गरी पुरै पार्टीलाई गुम्राहामा राख्ने काम गरेको जस्ता गम्भिर आरोप सहित पार्टीको साधारण सदस्य मात्र रहने गरी सम्पुर्ण जिम्मेवारीबाट हटाईएको  बिज्ञप्ति मार्फत जानकारी दिएको छ । साथै पार्टीको सिद्धान्तमा र एकीकृत जनक्रान्तिमा निरन्तर प्रतिबद्ध रहेको जानकारी गराउदै आम कमरेडहरु एकढिक्का भएर फुटवादी-गुटवादी, मनोगतवादी र तानाशाही प्रवृत्तिबाट सचेत बन्दै बैज्ञानिक समाजवादी ब्यवस्था प्राप्तिको महान अभियानमा अविचलित रुपमा अघि बढ्न अनुरोध समेत बिज्ञप्ति मार्फत गरीएको छ ।

बिज्ञप्तिको पुर्ण पाठ :-

प्रतिक्रिया दिनुहोस