नेपाली काङ्ग्रेस पाेखरा महानगरपालीका – ३३ बाट आउँदाे स्थानीय निकायकाे निर्वाचनको लागि आकाक्षीं वडा अध्यक्षकाे पदमा पार्टीका क्रीयाशिल सदस्य रामचन्द्र अधिकारीलाई उम्मेदवार उठाउने निर्णय गरेकाे छ ।
समाजसेवा गर्दै साविक भरतपोखरी गाबिस पुडीटार निवासी रामचन्द्र अधिकारी जनताको मनमा बस्न सफल ब्यत्तित्व हुन् । आँफुले किसानि गरेर पनि जनताको सेवामा खटिरहने अधिकारीलाई पार्टीले सर्वसहमतिमा वडा अध्यक्षमा उम्मेदवार उठाउने भएको हो ।
एमालेको दर्हो पकड मानिएको पोखरा ३३ मा अधिकारीले थुप्रै सामाजिक कार्य गर्दै आईरहेका थिए । वडाको बिकास, समृद्धि र जनताको जिवनस्तर सुधारमा ल्याउन आफ्नो भुमीका झनै दृढ र गतिशिल रुपमा लागीरहने उहाँको प्रतिबद्धता छ ।
पार्टीभित्र लामो बहसपछि अधिकारीलाई नै वडा अध्यक्षमा उठाउने भएपछि त्यहाँका स्थानिय जनतामा खुसीयाली छाएको छ भने पार्टीले उचित निर्णय गरेको टिप्पणी गर्न थालेका छन् ।