न्यूनतम पारिश्रमिक निर्धारण समितिमा संगीता खड्का !

काठमाडौँ, १७ चैत । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले न्यूनतम पारिश्रमिक निर्धारण समितिमा संगीता खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ । साथै गोरखापत्र संस्थानको महाप्रबन्धकमा लाल ऐरीलाई नियुक्त गरेको छ ।

जनयुद्धकालदेखि नैं पत्रकारितामा सक्रिय खड्का माओवादी केन्द्र निकटको प्रेस सेन्टरमा आवद्ध हुनुका साथै नेपाल पत्रकार महासंघकी पूर्वसचिव समेत हुन् । त्यस्तै ऐरी कान्तिपुर टेलिभिजनमा कार्यरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस