निर्माण ब्यवसायी संघ कास्कीको अध्यक्षतामा लिलकाजी गुरुङ बिजयी !

हालै सम्पन्न भएको संघको अध्यक्षमा रामराज अधिकारीलाई पछि पार्दै लिलकाजी गुरुङ्ग बिजयी भएका छन्  । चुनाव लोकतान्त्रीक खेमाबाट लिलकाजी गुरुङ्ग र प्रगतीशिल समूहबाट रामराज अधिकारीको नेतृत्वमा चुनावी मैदानमा थिए

१५ औ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा लिलकाजी गुरुङ, वरिष्ठ उपाध्यक्ष पदमा सुबर्ण श्रेष्ठ, उपाध्यक्ष पदमा कृष्ण चन्द्र बराल, सचिब पदमा ई. शिरस कुमार बास्तोला, सह-सचिब कृष्ण ढकाल (के.डी.),कोषाध्यक्ष पदमा उत्तम सिग्देल, सह- कोषाध्यक्ष पदमा  धुर्बबाबु भट्टराई (आई डी) र सदस्य पदहरुमा क्रमश डम्मरराज ढकाल, हुमनाथ ढकाल (दाह्री), ई. दिपक सुबेदी, सुमन कुमार श्रेष्ठ, कृष्णहरि तिमिल्सिना र प्रकाश बराल बिजयी भएका हुन् ।

अध्यक्षमा निर्वाचित गुरुङले १९२ र उहाँका प्रत्याशी रामराज अधिकारीले १६६ मत पाउनुभयो । यसैगरी वरिष्ठ उपाध्यक्षमा सुवर्ण श्रेष्ठ विजयी हुनुभयो । श्रेष्ठले १९० मत प्राप्त गर्दै उहाँका प्रतिस्पर्धी प्रेम पहारीले १६७ मत पाउनुभयो ।

यस्तै सहसचिवमा कृष्ण ढकाल(केडी) विजयी हुनुभयो ।ढकालले २०२ मत प्राप्त गर्दा ज्ञानेन्द्र घिमिरेले १४३ मत पाउनुभयो ।कोषाध्यक्षमा उत्तम सिग्देल १९२ मत प्राप्त गरी विजयी हुँदा हिरामणि पोखरेलले १५७ मत पाउनुभयो । सहकोषाध्यक्ष पदमा धुव्रबाबु भट्टराई विजयी हुनुभयो । उहाँले १७९ मत ल्याउदा विरेन्द्रकुमार श्रेष्ठले १७३ मत ल्याउनुभयो ।

यही चैत ११ र १२ मा  निर्माण ब्यवसायी संघ कास्कीको हलमा भएको चुनावमा बिभिन्न पदमा गरी जम्मा २६ जनाको उम्मेदवारीमा १३ जनाको जिल्ला समिति गठन भएको हो भने बिजयी उम्मेदवारको आज पदस्थापना कार्यक्रम रहेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस