स्याङ्जामा सवारी दुर्घटनामा परी एकको मृत्यु !

स्याङ्जा – स्याङ्जाको गल्याङमा सोमवार अपरान्ह भएको सडक दुर्घटनमा एक जनाको मृत्यु भएको छ ।

स्याङ्जा वालिङबाट बुटवलका लागि छुटेको ग १५ प ७४४७ नम्वरको मोटरसाईकललाई बिपरित दिशाबाट आईरहेको लु २ ख ५२९० नम्वरको फोर्र्स गाडीले ठक्कर दिँदा मोटरसाईकल चालकको ज्यान गएको हो ।

दुर्घटनामा रुपन्देहीको सुद्धोधन गाँउपालिका ५ घर भई गल्याङको कुशल मोटरसाईकल वर्कशपमा काम गर्ने बर्ष २७ का जितेन्द्र पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ । घाईते पटेलको उपचारका क्रममा गल्याङ नगर अस्पतालमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस