पोखरा – आइतबार नेकपा माओवादी केन्द्र गन्डकी प्रदेश समितीद्वारा आयोजित राजनितिक एवं बैचारिक प्रशिक्षण कार्यक्रम पोखरा सभागृहमा सम्पन्न भएको छ।
खासगरी पार्टीको आन्तरिक जीवनलाई कसरी सुदृढ बनाउन सकिन्छ र आगामी चुनाबलाई कसरी बिजयी सम्म पुर्याउन सकिन्छ भन्ने उद्देश्य राखेर आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा सम्बोधन गर्न पार्टीका केन्द्रिय अध्यक्ष प्रचण्ड पोखरा आएका थिए।
हजारौंको संख्यामा रहेको कार्यक्रममा सम्बोधनको क्रममा अत्यन्तै भावुक बनेका प्रचण्डले जनयुद्ध सुरुवातको समयमा गण्डकी प्रदेशमा मनाङ्ग जिल्लाका नेता देब गुरुङको गाउँमा बन्दुक किनेको, गोर्खामा नेताहरुले पहिलोपटक सैन्य तालिम लिएको , कास्कीको लुम्लेमा कृषिको कार्यालयमा भुमिगत बसि दस्तावेज लेखेको, र स्याङ्जाकी नेतृ अमृता थापा मगरको घरमा पार्टीको बैठक बसेको विशेष सम्झना गर्दै प्रचण्ड बिगतका आँफ्ना भुमीगत दिनहरुलाई सम्झिरहँदा पुरै हलका नेता कार्यकर्ता भने स्तब्ध बनेका थिए। जनयुद्धको उपलब्धी सामान्य उपलब्धि नभएको भन्दै प्रचण्डले आँफू र आँफ्नो पार्टीलाई सिध्याउन देशी र बिदेशी शक्ति निरन्तर लागिरहेपनी त्यो कुनै हालतमा सफल हुन नदिने बताए।
एक प्रसङ्गको बिच प्रचण्डले अहिलेनै त्यो घोषणा नगर्ने भन्दै चुनाब पछाडि भने पार्टीलाई छुट्टै रुप र दिशा दिने बताएका थिए । केपि ओलि र पश्चगमनकारी शक्तिले संम्सदलाई पटक-पटक बिघटन गरेको परिघटनालाई जोड्दै उनले नजिकबाट भयानक षडयन्त्रलाई देखेको र त्यसलाई असफल बनाएर आएतापनी अझै खतरा भने नटरेको बताए।
यस्तै उनले देशै भरी माओवादीको उभार र संगठन मजबुत बन्दै गएको र पोखरामा पनि सबै एक भएर अघि बढे कमजोर हुने कुनै कारण नभएको पनि बताएका थिए । आगामी चुनाबको बिसयमा पनि आँफ्नै तागतमा उभिने बताएका प्रचण्डले अब चुनावमा बुर्जुवाहरुको अगाडि डटेर लड्न निर्देशन पनि दिएका थिए ।
कार्यक्रममा चर्चित लोक गायक बिस्णु खत्रीले जनबादी गित गाउँदा भने सिङ्गै हल जुरुक्क उठेको थियो । गण्डकी प्रदेशले आयोजना गरेको र प्रदेश इन्चार्ज हितराज पान्डे ले अध्यक्षता गरेको उत्त कार्यक्रम लाई सम्बोधन गर्न नारायणकाजी श्रेष्ठ , देब गुरुङ , देबेन्द्र पौडेल लगायतका केन्द्रिय नेताहरुको पनि सहभागिता थियो भने कार्यक्रम सञ्चालन पार्टीका प्रदेश अध्यक्ष गायत्री गुरुङले गरेकी थिइन् ।