पोखरा – स्वतन्त्रता, समानता र स्वाधीनताका लागी शसत्त संघर्ष गरौँ , ११२ औं अन्तर्राष्ट्रिय श्रमीक दीवस भव्य रुपमा सफल पारौं ! भन्ने मुल नाराका साथ आज मंगलवार पोखरामा संयुक्त महीला संघर्ष समितिद्वारा संघर्षकै रुपमा ११२ औं अन्तर्राष्ट्रिय श्रमीक दिवसको कार्यक्रम सम्पन्न गरेका छन् ।
महीला माथि हुने सबैखाले हिंसा अन्त्य गर, महीला बेचबिखन बन्द गर , समान कामको समान ज्याला लागु गर, वैदेशिक हस्तक्षप बन्द गर, राष्ट्रिय स्वाधिनताक रक्षा गरौँ , एमसीसी सम्झौता खारेज गर,११२ औं अन्तर्राष्ट्रिय श्रमीक महिला दिवस भब्य रुपमा सफल पारौं जस्ता दर्जनौ नारा सहित मुस्ताङ चोक देखी सुरु भएको र्याली राष्ट्रबैंक चोक, ड्यामसाईड हुँदै बिरौटामा पुगी कोण सभामा परीणत भएको थियो ।
यस्तै बिरौटामा भएको कोण सभालाई राष्ट्रिय जनमोर्चाकी गण्डकी प्रदेश संसदीय दलकी सदस्य माननिय पियारी थापाले सम्बोधन गर्दै महीला हक अधिकारका लागी कुनै पार्टी प्यालेसमा भोज भतेर गरेर मनाउदैमा आफ्नो अधिकार शुनिश्चित नहुने र त्यस्ताका बिरुद्द पनि सडक संघर्षको जरुरत रहेको तर्क राख्नुभयो । यस्तै उहाँले श्रमीक महिलाको हक, हित र अधिकारका लागी साथै देशको स्वाधिनताका लागी संयुक्त रुपमा आफुहरुले संघर्ष गरीरहेको बताउनु भयो ।
उत्त कार्यक्रममा बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला सदस्य सोममाया बिकले पनि महिला हक अधिकारको लागी एउटा सशत्त आन्दोलनको आवश्यकता रहेको उल्लेख गर्नुभयो । यस्तै उत्त कोण सभा कार्यक्रम अखिल( क्रान्तिकारी) की कास्की जिल्ला उपाध्यक्ष कमला परीयारले संचालन गर्नुभएको थियो ।