बिप्लव नेकपाको लेखनाथ नगर समितिको भेला सम्पन्न, नेतृत्वमा सोममाया ।

भेलाद्वारा २१ नगर समिति गठन ।

नेपाल कम्युनिस्ट पार्टी कास्की जिल्ला अन्तर्गत लेखनाथ नगर समितिको प्रथम भेला सम्पन्न भएको छ ।

बर्षातकै बिचमा पानीमा भिज्दै राष्ट्रघाति एमसीसी खारेज गर, दलाल संसदीय ब्यवस्था मुर्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद जस्ता दर्जनौ नाराहरु साथै बाजागाजा सहित लेखनाथको तालचोबाट र्याली शुरु गर्दै अर्घौचोक स्थित नमस्ते पाटीप्यालेसमा पुगी भेलाको उद्द्घाटन भएको हो ।

यस्तै भेलामा नगर समिति सदस्य प्रशान्त न्यौपानेले स्वागत मन्तब्य राख्नुभएको थियो भने जबसका तर्फबाट अखिल क्रान्तिकारी केन्द्रीय सदस्य कमला परीयारले महत्त्वपूर्ण भनाई सहित शुभकामना ब्यत्त गर्नुभएको थियो साथै कार्यक्रमा प्रमुख अतिथि प्रकाश मल्ल र बिशेष अतिथि गोकुल पराजुलीले भेलामा एकीकृत जनक्रान्तिको कार्यदिशालाई प्रष्ट पार्दै प्रशिक्षणात्मक मन्तब्य राख्नुभएको थियो ।

लेखनाथ नगर समितिकी सेक्रेटरी सोममाया बिकको अध्यक्षतामा उद्द्घाटन भएको भेलामा प्रमुख अतिथि कास्की जिल्ला बिशेष कमिटी सदस्य प्रकाश मल्ल, विशेष अतिथिमा कास्की जिल्ला सेक्रेटरी गोकुल पराजुली, कास्की जिल्ला कार्यलय सचिव काजी गुरुङ, पोखरा नगर सेक्रेटरी बद्री अधिकारी, कास्की जिल्ला सल्लाहाकार मेघनाथ आचार्य, बेपत्ता योद्दा सोम बहादुरका बाबा मन बहादुर र माता ओम कुमारी , अखिल क्रान्तिकारी केन्द्रिय सदस्य एवं कास्की जिल्ला उपाध्यक्ष कमला परीयार लगायतको उल्लेखनीय उपस्थित रहेको थियो भने कार्यक्रम लेखनाथ नगर समिति सदस्य निरुताले सञ्चालन गर्नुभएको थियो ।

भेलामा कार्यलय सचिव काजि गुरुङ्गद्वारा प्रस्ताविक प्यानलमा सर्वसहमतिले पारीत गर्दै सोम माया बिकको नेतृत्वमा २१ सदस्यीय लेखनाथ नगर समिति चयन भएको छ । नवनिर्वाचित समितीको नेतृत्वमा सोममाया बिक रहनेगरी कर्ण बहादुर जिसी, गंगा राम सुनार, प्रशान्त न्यौपाने, बिजय ढुंगाना, नरेन्द्र सापकोटा, मिन बहादुर परीयार, लोकनाथ पौडेल, चन्द्र माया पुन, सम्झना परीयार, नर्बे तामाङ, मन माया परीयार, पबित्र बिक, किरण परीयार, सर्मिला परीयार, कमला बिक, बल बहादुर सुनार लगायत चयन हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस