अखिल (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलनमा `बिप्लव´ पोखरा आउने !

सम्मेलनको प्रचारप्रसारमा तिब्रता दिँदै अखिल (क्रान्तिकारी) ।

पोखरा । नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी)को २२ औं  राष्ट्रिय सम्मेलन पोखरामा हुने भएको छ । अखिल क्रान्तिकारीको सम्मेलन यहि असोज ६, ७ र ८ गते पोखरामा हुने भएको हो ।

तीन दिनसम्म हुने अधिवेशनको समुद्घाटन नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले उद्घाटन गर्ने  कार्यक्रम रहेको नेपाल कम्युनिष्ट पार्टीका कास्की ईञ्चार्ज उमा भुजेलले जानकारी दिनुभयो । कार्यक्रममा विप्लवसहित प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)लगायतका नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले सम्बोधन गर्ने उहाँले बताउनु भयो ।

 

सम्मेलनको उद्घाटन शत्र पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकमा हुने भएको छ भने उद्घाटन शत्र खुल्ला रुपमा भएपनि सम्मेलनको बन्दशत्रको स्थान भने गोप्य राखिएको छ । सुरक्षा संवेदनशिलताका कारण बन्दशत्रको स्थान गोप्य राखिएको श्रोतले बताएको छ ।

 

अखिल (क्रान्तिकारी)को सम्मेलनमा ७७ जिल्लाका ५ सय भन्दा बढी प्रतिनिधि सहभागि हुने जनाइएको छ । सम्मेलनले नया नेतृत्व चयन गर्ने ईञ्चार्ज भुजेलले जानकारी दिईन् । अखिल (क्रान्तिकारी)को हालको अध्यक्ष चिरञ्जिवी ढकाल रहेका छन् ।

 

अखिल (क्रान्तिकारी)को सम्मेलनको तयारी तिव्र रुपमा भइरहेको अखिल क्रान्तिकारी कास्कीले जनाएको छ । तयारी स्वरुप पोखरा भित्रिने नाकाहरुमा स्वागत द्वार बनाउने, प्रचारप्रसार लगायतका कार्यहरु भइरहेको अखिल (क्रान्तिकारी) सम्मेलन आयोजक समितिका सदस्य, तथा गण्डक ब्यूरो ईञ्चार्ज अटलले जानकारी दिए ।

 

‘हामी सम्मेलनलाई भव्य बनाउनका लागि प्रयासरत छौं, उद्घाटन शत्रमा ६ हजार भन्दा बढी सहभागि बनाउँछौं’–उनले भने । कास्की र आसपासका क्षेत्रबाट ठूला संख्यामा विद्यार्थीहरु सहभागि गराइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस