एमसीसी सम्झौता बिरुद्द संयुक्त मोर्चा कास्कीद्वारा बिरोध प्रदर्शन गर्ने (वक्तव्य सहित )

पोखरा, भदौ २२,
अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौताको जन स्तरमा ब्यापक बिरोध चलिरहेको र सरकारले जनभावना बिपरीत, राष्ट्र हित बिपरीत रहेको सम्झौता संसदबाट पारीत गर्ने जोडबलमा लागेको बिरोधमा संयुक्त मोर्चा कास्कीद्वारा बिरोध कार्यक्रमको आयोजना गरेको छ ।

एमसीसी सम्झौतालाई संसदबाट पारीत गराउन दबाब दिने उद्देश्यले उत्त परीयोजनाका उपाध्यक्ष फातिमा सुमार सहित उच्च अधिकारी टिम नेपाल आउन लागेको साथै सत्ता पक्षले जवरजस्त राष्ट्र हित बिरुद्दको कदम चाल्न लागेको भन्दै २२ दलिय संयुक्त मोर्चाले देशब्यापी आन्दोलन चर्काउने उद्देश्य अन्तर्गत भदौ २३ गते बुधबार १२ बजे दिउँसो पोखराको मानवअधिकार चोकमा विरोध कार्यक्रम आयोजना गरेको छ ।

संयुक्त मोर्चा अन्तर्गत बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कास्की जिल्ला सेक्रेटरी गोकुल पराजुली, नेकपा ( क्रान्तिकारी माओवादी ) का कास्की जिल्ला इन्चार्ज रामजी थापा, बैज्ञानिक समाजवादी पार्टीका गण्डक संयोजक बिनोद सोनाम, देशभत्त जनगणतान्त्रिक मोर्चाका कास्की जिल्ला अध्यक्ष टेकनाथ भण्डारी, नेकपा कास्कीका प्रतिनिधि मनिष भट्टराई लगायतको आज मंगलबार जारी प्रेस बिज्ञप्तिका अनुसार एमसीसी सम्झौता नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, शान्ति र समृद्दि बिरोधि भएकाले यसको खारेजी गर्न सम्पुर्ण देशभत्त, जनतान्त्रिकहरुद्वारा सशत्त प्रतिरोध सहित बिरोध गर्नुपर्ने बताएको छ । यस्तै बिज्ञप्तिमा बिरोध प्रदर्शनमा सहभागी बन्न देशप्रेमी, वामपन्थी, मानव अधिकारकर्मी, लोकतान्त्रिक दलहरु, बिद्दिजिवी, नागरीक समाज सबैलाई अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस