पोखरा नेपाल कम्युनिस्ट पार्टी कास्कीद्वारा ५ दिने स्कुलिङको उद्घाटन गरेको छ ।
दर्शन, अर्थशास्त्र, र बैज्ञानिक समाजवादी सम्बन्धि नेता तथा कार्यकर्ताको नेतृत्व , क्षमता बिकास गर्ने उद्देश्यले नेकपा कास्कीले आज शनिवार कास्कीको लुम्लेमा पाँच दिनका लागी स्कुलिङ् को सुरुवात गरेको हो ।
नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय सदस्य क. उमा भुजेलको प्रमुख अतिथ्यतामा करीब ३० जना प्रशिक्षार्थि सहित आयोजना गरीएको उत्त कार्यक्रममा नेकपा केन्द्रीय स्कुल बिभागबाट प्रशिक्षणका लागी नेकपा केन्द्रीय सदस्य तथा केन्द्रीय स्कुल बिभागका प्रमुख भेषराज भुषाल, केन्द्रीय सद्स्य तथा स्कुल बिभाग सद्स्य लाल बहादुर बिसी `शार्दुल´ र अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव तथा स्कुल बिभाग सदस्य खेम थपलिया प्रशिक्षकको रुपमा रहनुभएको छ ।
यस्तै स्कुलिङ कार्यक्रममा दर्शन, बैज्ञानिक समाजवादी अर्थशास्त्र, बैज्ञानिक समाजवाद सम्बन्धि बिषयहरुमा स्कुलिङ भईरहेको छ । जस अन्तर्गत बैज्ञानिक समाजवादी अर्थशास्त्र सम्बन्धि केन्द्रिय सदस्य तथा केन्द्रीय स्कुल बिभाग प्रमुख भेषराज भुषाल, दर्शनशास्त्र सम्बन्धि केन्द्रिय सदस्य तथा स्कुल बिभाग सदस्य लाल बहादुर बिसी र बैज्ञानिक समाजवाद सम्बन्धि खेम थपलियाले प्रशिक्षार्थिहरुलाई स्कुलिङ गरीरहनुभएको छ ।
महान सहिदहरु प्रति श्रद्धाञ्जली तथा बेपत्ता योद्दा प्रति स्मरण गरी उड्घाटन गरीएको कार्यक्रममा अन्तर्राष्ट्रिय गित पनि गाईएको थियो । यस्तै कार्यक्रमको प्रारम्भमा प्रमुख अतिथि क. शिलुले प्रशिक्षकहरुलाई खादा ओडाई स्वागत गर्नुभएको थियो । भने कार्यक्रमको सञ्चालन जिल्ला सेक्रेटरी गोकुल पराजुलीले गर्नुभएको थियो ।