एकीकृत जनक्रान्तिमा सेना पुलिसको हतियार हामीतिर हैन दलालतिर हुनेछन् :- `उभार´

एकीकृत जनक्रान्तिमा सेना र पुलिस राष्ट्रियताका पक्षमा लडिरहने भन्दै सेना पुलिसको हतियार नेपाल कम्युनिस्ट पार्टी तर्फ नभई दलालहरुतिर फर्कने नेकपा कास्की जिल्ला इन्चार्ज पुर्णजित पुन `उभार´ ले बताए ।

कास्की जिल्लामा २६ औं जनयुद्द दिवसको अवसर र सहिद सप्ताह कार्यक्रम अन्तर्गत आयोजित शहिद तथा बेपत्ता योद्दाको सम्मान तथा पारिवारीक जमघट कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

उत्त कार्यक्रममा कास्की जिल्लामा तत्कालिन माओवादीले सञ्चालन गरेको महान जनयुद्दमा बलिदानि गरेका शहिद परीवार साथै बेपत्ता परिवारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शहिद तथा बेपत्ता परिवारले आ- आफ्नो धारणा राख्ने क्रममा बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई क्रान्तिको बाँकी कार्यभार पुरा गर्ने जिम्मेवारी रहेको साथै नेकपा प्रति बिस्वस्त रहेको उल्लेख गरेका थिए ।

कार्यक्रममा बोल्ने क्रममा कास्की जिल्ला बेपत्ता परीवार समाजका अध्यक्ष अणनाथ बरालले बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई शुभकामना दिँदै सचेतताका साथ अघि बढ्न आग्रह गर्नुभएको थियो ।

यस्तै राज्यद्वारा बेपत्ता पारीएका पुर्ण पौडेलको आमा मोतिमाया पौडेलले भावुक हुँदै बिप्लवलाई खुट्टा नकमाउन अपिल गर्नुभएको ।

अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य प्रकाश बास्तोलाले सञ्चालन गर्नुभएको कार्यक्रममा कास्की जिल्ला सेक्रेटरी बिस्वासले अध्यक्षता गर्नुभएको थियो ।

यता सहिद सप्ताह अन्तर्गत नै नेकपा लमजुङ् र गोर्खाले पनि जिल्लामा रहेका सहिद तथा बेपत्ता योद्दा परिवारलाई जमघट गरी सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस