गण्डक ब्युरोका बिभिन्न जिल्लामा २६ औं जनयुद्द दिवस भब्यताका साथ मनाईयो

गण्डक ब्यूरोका बिभिन्न जिल्लामा नेत्र बिक्रम चन्द `बिप्लव´नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले  २६ औं जनयुद्द दिवस भब्यताका साथ मनाएको छ ।                                         जनयुद्द दिवस मनाउने क्रममा अखिल क्रान्तिकारी कास्कीले कास्कीको सहिद आवसिय स्कुलमा दिप प्रज्वलन सहित जनयुद्द दिवस मनाएको छ ।

पृथ्वीनारायण क्याम्पस जिल्ला समिति र कास्की जिल्ला समिति द्वारा गरीएको कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश बास्तोलाले कबिता सहित आफ्नो मन्तव्य शुरु गर्नुभएको थियो । यसै क्रममा उहाँले महान जनयुद्दमा बलिदानि गर्नुभएका तमाम सहिद, बेपत्ता र घाईते, अपांग प्रति उच्च सम्मान गर्दै स्मरण गर्नुभएको थियो ।                                                    कार्यक्रममा कास्की जिल्ला संयोजक पुरन पुन र पृथ्वीनारायण क्यापस जिल्ला समिति अध्यक्ष उपेन्द्र ले दलाल संसदीय ब्यवस्था रहेसम्म देश र जनताको अधिकार सुनिश्चितता नहुने बताउनुभएको थियो ।

यस्तै नेकपा गोर्खा जिल्लाले पनि २६ औं जनयुद्द दिवसको अवसरमा जनताको माझमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । जिल्ला इन्चार्ज कपिल र सेक्रेटरी काजि गुरुङ्ग सहितको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको समाचार प्राप्त भएको छ ।

यता लमजुङ, तनहुँ लगायतका जिल्लाहरुमा पनि जनयुद्द दिवस भब्यताका साथ मनाईएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस