पोखरामा लागूऔषध नाईट्रोभेट सहित पाण्डे पक्राउ !

पोखरा र यस आसपास क्षेत्रमा लागु औषध बेचबिखन हुँदैछ भन्ने विशेष सुचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय, पोखरा र जिल्ला प्रहरी कार्यालय, कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।

हिजो बिहीबार साँझ ७ बजेको समयमा जिल्ला महोत्तरी घर भई पोखरा महानगरपालिका वडा नं. १२ चापापानी मार्ग बस्ने वर्ष २८ को रोहितकुमार पाण्डेलाई लागू औषध नाईट्रोभेट थान ९ सय ७४ थान सहित पक्राउ गरेको हो ।

पक्राउ परेका पाण्डेलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ विपरितको कसुर अन्तर्गत मुद्दा दर्ता गरी सम्मानित कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप गरी आवश्यक अनुसन्धान भईहेको कास्की प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस