बन्दाबन्दिको बेला ब्याज र किस्ता नलिन बैंक तथा बित्तीय संस्थालाई नेकपा कास्कीको अनुरोध ।

पोखरा – देश कोभिड १९ को संक्रमणबाट आक्रान्त बनिरहेको बेलामा नागरीकलाई मानसिक तनाब दिँदै बैंक तथा बित्तीय सस्थाहरुले ब्याज, किस्ता असुलीका गर्ने गरेको र थप संकट उत्पन्न गर्दै डर, त्रास पैदा गरेको भन्दै बिद्रोही नेपाल कम्युनिस्ट पार्टी कास्कीले आज एक बिज्ञप्ति जारी गर्दै यस्ता कार्य रोक्न ध्यानाकर्षण गरेको छ ।

नेकपा कास्कीले अन्य विभिन्न माग सहित बिज्ञप्ति मार्फत ध्यानाकर्षण गराएको हो ।

बिज्ञप्ति अनुसार हालै भारी बर्षातका कारण पोखरा महानगरपालीका सराङ्काेट लगायत विभिन्न ठाउँमा भएका बाढी पहिरो पिढितहरुलाई उचित राहत र ब्य्वस्थापनको ग्यारेन्टी गरीनुपर्ने, कोभिड १९ को कारण बन्दाबन्दी अवस्थामा बैंक, सहकारी तथा बित्तीय संस्थाहरुले सामान्य अवस्था नहुँदासम्म किस्ता वा ब्याज लिन बन्द गरीनुपर्ने, पोखरा महानगरपालीका रामघाटमा घाट संचालनको राजश्व तुरुन्त महानगरमा दाखेल गर्ने साथै यसका दोषीमाथी तुरुन्त कारवाही हुनुपर्ने र बन्दाबन्दीको समयमा आम ब्यवसाय तथा घरवाहल सम्पुर्ण नागरीकको घर भाडा नलिन सम्पुर्ण घर धनीहरुमा अनुरोध समेत गरीएको छ ।

प्रेष बिज्ञप्तिको पुर्ण पाठ :-

आदरणीय कास्की बासी जनसमुदायहरु :
यतिबेला देश कोभिड 19 को संक्रमणबाट आक्रान्त बनिरहेको छ । यस्तो अवस्थामा आम नागरीकहरु बन्दाबन्दिको कारण भोक र रोगको संन्त्रासले आतंकीत बनिरहेका छन् तर सरकार यी सबै जिम्मेवारीबाट बिमुख रहेको छ । सामाजिक दलाल फासिवादी केपी ओली सरकार दिन प्रतिदिन रमिते बनिरहेको छ । देशमा यतिबेला बाढी, पहिरो जस्ता प्राकृतिक बिपत्तिका कारण हजारौ मानिसहरु बिस्तापित हुनुका साथै करोडौंको धन जन क्षेति भएको छ भने आम नागरीकमा कोरना, बाढी पहिरो जस्ता बिपत्तिका कारण त्रसित भएका छन् । यस्तो जटिल अवस्थामा पनि सामाजिक दलाल फासिवादी केपि ओली सरकार सत्ता लुछाचुनीमा अल्झिएको छ भने आम नागरीकहरुलाई एक छाक टार्न समेत मुस्किल परीरहेको जगजायर छ ।
यता यस्तो जटिल परिस्थितीमा बैंक तथा बित्तीय संस्था र सहकारीहरुले ब्याज, र किस्ता असुलिका लागी नागरीकलाई थप संकट सृजना गर्दै मानसिक रुपमा विभिन्न खाले डर, त्रास पैदा गरीरहेको छन् । यस्ता विभिन्न खाले प्रवृत्तिको लागी हाम्रो पार्टी यी सबै बिषयको समाधान दलाल संसदीय ब्यवस्थाको फासीवादी सत्ताको अन्त्य र बैज्ञानिक समाजवादी राज्य ब्यवस्था प्राप्तिको लागी संघर्षरत छ ।

१ ) हालै भारी बर्षातका कारण पोखरा महानगरपालीका सरान्कोट लगायत विभिन्न ठाउँमा भएका बाढी पहिरो पिढितहरुलाई उचित राहत र ब्य्वस्थापनको ग्यारेन्टी गर ।

२ ) कोभिड १९ को कारण बन्दाबन्दी अवस्थामा बैंक, सहकारी तथा बित्तीय संस्थाहरुले सामान्य अवस्था नहुँदासम्म किस्ता वा ब्याज लिन बन्द गर ।

३ ) पोखरा महानगरपालीका रामघाटमा घाट संचालनको राजश्व तुरुन्त महानगरमा दाखेल गर । साथै यसका दोषीमाथी तुरुन्त कारवाही गर ।

४ ) बन्दाबन्दीको समयमा आम ब्यवसाय तथा घरवाहल सम्पुर्ण नागरीकको घर भाडा नलिन सम्पुर्ण घर धनीहरुमा हार्दिक अनुरोध गर्दछौं ।

यी बिषयमा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं । अन्यथा हाम्रो महान तथा गौरवशाली पार्टीको जनसरकार मार्फत जनकारबाही गर्न बाध्य हुने कुरा यसै बिज्ञप्ति मार्फत आम जनसमुदायहरुमा जानकारी गराउन चाहन्छौं ।

नेपाल कम्युनिस्ट पार्टी ,कास्की
सेक्रेटरी
बिजय

प्रतिक्रिया दिनुहोस