पोखरा – कोरना भाईरसको माहामारी र लकडाउनका कारण मजदुरहरुले भोग्नु परेको समस्यालाई सहयोग पुर्याउन नेत्र बिक्रम चन्द बिप्लव ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी निकट भातृ संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ कास्कीले मजदुरहरुलाई राहत बितरण गरेको छ ।
आफ्नै श्रम द्वारा आर्जित चामल, तेल, दाल इत्यादि अत्यावश्यक खाध्य चिजहरु समस्यामा परेका मजदुरहरुलाई बितरण गरिएको संयोजक कालि पाण्डेले बताउनु भयो ।
उहाँले मजदुरको समस्या राज्यबाट नहेरीएको साथै कोरना भाईरस र लकडाउनका कारण लाखौ मजदुर बेरोजगार बन्नुपरेको दु:खद कुरा रहेको भन्दै राज्यको रबैया र मजदुरलाई बुझ्न नसकेको प्रती खेद गर्दै अब मजदुरहरुको लागि आफुहरु डटेर लड्ने बताउनु भएको थियो ।