एमसिसी सम्झौताको बिरोध गर्दै नेकपा कास्कीद्वारा मसाल जुलुस ।

नेत्र बिक्रम चन्द `बिप्लव´ ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी कास्कीले मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसिसी सम्झौताको बिरोध गर्दै आज पोखरामा मसाल जुलुस निकालेको छ ।

अमेरिका र नेपालका बिच हुने भनिएको एमसिसी सम्झौताको देशब्यापी चर्को बिरोध भईरहेको बेला नेकपा कास्कीले पनि मसाल बाल्दै बिरोध जनाएको हो ।

नेकपा कास्कीले लगातार विभिन्न माध्यमबाट बिरोध जनाउँदै आएको छ । यस अघि पनि आफ्नो संघर्षका कार्यक्रम अन्तर्गत पर्चा बितरण, पोस्टर टाँस्ने, कोण सभा , प्ले कार्ड प्रदर्शन , ब्यानर टास्ने जस्ता कार्यक्रमहरु गर्दै आईरहेको थियो ।

नेपालमा जन आस्था र अपेक्षा बिपरित राष्ट्र र राष्ट्रियता नै धरापमा पार्ने र नेताहरुले आफ्नो स्वार्थ पूरा गर्न तल्लिन रहेको अवस्थामा राष्ट्रियता थप धरापमा पार्दै देशलाई कमजोर बनाउन र अमेरिकी शैन्य परेड मार्ग खडा गर्ने कुटनिती सफल हुन नदिने र एमसिसी सम्झौता खारेज नभएसम्म संघर्षका कार्यक्रमहरु निरन्तर रुपमा अगाडी बढ्ने नेकपा कास्कीले पोखरा पाटीलाई जानकारी दिएको छ ।

यस्तै नेपाल कम्युनिस्ट पार्टीले एमसिसीको बोरोध गर्दै देशब्यापी आन्दोलन गरीरहेको छ ।

प्रतिक्रिया दिनुहोस