एमसिसी बिरुद्द नेकपा कास्कीको बिरोध, सम्झौता पत्र जलाईयो ।

नेपाल नेपाल कम्युनिस्ट पार्टी कास्कीले पार्टीको केन्द्रीय कार्यक्रमअन्तर्गत जेठ २० गते एमसीसी सम्झौताको प्रति जलाएको छ । नेकपाले एक बिज्ञप्ति मार्फत देशव्यापी एमसीसी सम्झौतापत्र जलाउने निर्णय गरेको थियो ।
यसै अनुरुप नेकपा कास्कीले सम्झौता प्रति जलाउनुका साथै विभिन्न पोस्टर मार्फत बिरोध जनाएको थियो ।

एमसिसी सम्झौतापत्र जलाउदै नेकपा कास्कीले एमसिसी राष्ट्रको हित बिपरित नरहेको भन्दै विभिन्न नारावाजी समेत गरेका थिए । यस्तै यो सम्झौताको विरोधमा सम्पूर्ण देशभक्त, क्रान्तिकारी, प्रगतिशील, आमजनता एक हुन आवश्यक रहेको र यो राष्ट्रघाती सम्झौताको सशक्त रूपले विरोध गर्न आम कस्केली जनतालाई अपिल समेत गरेको थियो ।

नेकपाले केन्द्रीय कार्यक्रम अन्तर्गत २०७७ जेठ १९ र २० गते एमसीसी सम्झौता जलाउने, २०७७ जेठ २१ गते केपी र शेरबहादुर देउवाको पुतला जलाउने, २०७७ जेठ २२ गते पर्चा वितरण तथा बेलुका मशाल जुलुस निकाल्ने, २०७७ जेठ २८ गते पोस्टर टाँस्ने र विभिन्न सङ्घर्षहरूसहित आमहडतालसम्म गरिने जानकारी गराएका छन्  ।

प्रतिक्रिया दिनुहोस