पोखरा – विश्वका विभिन्न देशमा फैलिरहेको कोरोना भाईरसको संक्रमणलाई रोक्न आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय कास्कीले आज पोखराको चिप्लेढुङगामा निशुल्क मास्क वितरण तथा सचेतानामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
आम नागरीकलाई कोरोना भाइरसको संक्रमण बारे जानकारी दिई सचेत गराउने साथै संक्रमणका डरले भईरहेको मास्क अभावलाई केहि हदसम्म भएपनी पुरा गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको कास्की प्रहरीलेे जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले कुनैपनी मेडिकल तथा पसलहरुले मास्क लुकाएको अथवा बढि मुल्य लिएको पाईएकोमा कडा कारवाही हुने बताउदै नागरीकले यस बारे समयमै प्रहरीलाई सुचना दिन समेत आग्रह गर्नु भएको छ ।
नेपाल भारत युथ सोसाईटिसंगको समन्वयमा भएको उक्त कार्यक्रममा प्रहरी उपरीक्षक कार्कीले आम नागरीकलाई मास्क हस्तान्तरण गर्नुभएको थियो ।
उक्त कार्यक्रममा आम नागरीकलाई दुुुई हजार भन्दा बढि मास्क वितरण गरिएको प्रहरीलेे जनाएको छ ।