प्रतिबन्ध चिर्दै बिद्रोही नेकपाले स्याङ्जामा पनि मनायो सहिद सप्ताहा

स्याङ्जा जिल्लामा सहिद सप्ताहको सन्दर्भमा सहिद परिवार सङ्ग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

जस अन्तर्गत माओवादि आन्दोलनको राम्रो प्रभाब रहेको भनेर चिनिने बायाखोलाको भुसाल थोकमा जिल्ला इन्चार्ज जे बि भण्डारि “आक्रोश” र किसान सङ्गठन का ब्युरो संयोजक सागर अर्याल “बिपिन” ले सामुहिक रुपमा भेटघाट गर्नु भएको हो ।

यस्तै स्याङ्जाको भालुपहाडमा महान जनयुद्दको क्रममा सहादत प्राप्त गर्ने सहिद र बेपत्ता योद्दाको फोटो र सहिद पार्कको होडिङ बोर्ड राख्नुको साथै वालपेन्टिङ समेत गरेको छ ।

नेकपा स्याङ्जाले जिल्लाको सम्पुर्ण सहिद बेपत्ता परिवारलाई भेटघाट सहित सहिदको सपना पुरा गर्ने प्रतिबद्दता ब्यक्त गर्दै सहिद सप्ताहा मनाएको हो ।

यस्तै सहिद तथा बेपत्ता परिवारले कमरेड बिप्लवलाइ खुट्टा नकमाउन र न आतिएर अघि बढ्न सुझाव दिएका छन भने यो सरकार नाङ्गोभुतुङ्गो भएकोले अव हाम्रो देशको नेतृत्व बिप्लवले बाहेक अरु कसैले पनि गर्न नसक्ने ठोकुवा गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस