बिद्रोही नेपाल कम्युनिस्ट पार्टी कास्कीले कास्कीका रुपा , मादी र महानगर क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै सहिद सप्ताह मनाएको छ ।
कास्की जिल्लामा जनयुद्धमा आफ्नो बलिदानी अर्पण गर्नुभएका तमाम सहिद तथा बेपत्ता परिवारलाई एकीकृत गर्दै आफ्ना भनाई साथै सहिद बेपत्ता परिवारको अवस्था र उहाँहरुको भनाईलाई सम्बोधनका साथ प्रतिबद्धता जनाउँदै सप्ताहब्यापी कार्यक्रम गरेको हो ।
कार्यक्रममा जिल्ला देखि ब्यूरो तहका नेतृत्वको उपस्थिति रहेको थियो भने सहिद तथा बेपत्ता परिवारका सदस्यहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।
सहिद परिवारहरुले अहिलेको अवस्था र सहिद, बेपत्ता माथी राज्यले गरेको क्रियाकलापको निन्दा समेत गरेका थिए । नेपालमा बहुमत प्राप्त कम्युनिस्ट सरकार भए पनि र सत्तामा जनयुद्धका कमान्डर नै रहेतापनि सहिद तथा बेपत्ताहरुको सपनालाई झन् तुहाउने बाटोमा हिडेको प्रती दुख ब्यत्त गरेका थिए ।
सहिद तथा बेपत्ता परिवारले प्रतिबन्धित अवस्थामा हामिलाई जम्मा गर्नु र एउटा चुनौतिका बिच कार्यक्रम गर्नुपर्ने अवस्था कम्युनिस्ट सरकारकै पालामा कम्युनिस्टलाई नै रहेको अवस्थाको खेद प्रकट गरेका थिए भने उहाँहरुले शुभकामना समेत दिनुभएको थियो ।
प्रतिबन्धित अवस्थामा रहेको नेपाल कम्युनिस्ट पार्टी कास्कीले चरणबद्द भेटघाट, र भेला साथै कार्यक्रम गरेको थियो । कास्की जिल्ला सेक्रेटरी बिजयको प्रत्यक्ष उपस्थितिमा भएको कार्यक्रममा सहिद बेपत्ता परिवारलाई दोसल्ला सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा कास्की जिल्ला सेक्रेटरीले आफ्नो भनाई राख्दै सहिद बेपत्ताको सम्मान र उहाँहरुले देखाएको बाटोमा र उहाहरुले बोकेको सपना पूरा गर्न आफू दृढ रुपमा अबिचलित भएर लाग्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो भने उपस्थित बेपत्ता तथा सहिद परिवारले बिप्लवलाई खुट्टा नकमाउन र उहाँले लिएको बाटो साथै सहिद बेपत्ता घाइते अपाङ्ग र जनयुद्दका मुख्य मूल्य र मान्यतामा अडिक भएर उद्देस्य प्राप्तीका लागि बढिरहन शन्देश छोड्नुभएको थियो ।
कार्यक्रममा निकै भावुक र आक्रोशसहित उपस्थित हुनुभएका बेपत्ता परिवारले आफ्नो आफन्तको हड्डि सम्म भएपनि खोजी गरियोस भन्ने भावना ब्यत्त गर्नुभएको थियो भने सहिदलाई राष्ट्रियकरण गरिनुपर्ने उहाँहरुको जोड थियो ।
यस्तै अखिल क्रान्तिकारी जिल्ला समिती कास्कीले पनि सहिद सप्ताह कार्यक्रम अनुरुप कास्की जिल्लामा रहेको सहिद स्मृति उच्च बिद्यालयमा एक कार्यक्रम गर्दै मनाएको छ ।
प्रकाश बास्तोलाको अध्यक्षतामा ब्युरो इन्चार्ज बद्रीको प्रमुख अतिथ्यतामा, कास्की जिल्ला अध्यक्ष काजी गुरुङ्ग, बिद्यालय प्रध्यानध्यपक मन्जु लगाएतको उपस्थिती साथै उक्त बिद्यालयका शिक्षक शिक्षिका र बिध्यार्थीका बिच कार्यक्रम गरेको थियो ।
कार्यक्रममा बिध्यार्थीहरुलाई शैक्षिक सामग्री , खेलकुद सामग्री साथै फलफुल बितरण गरिएको थियो ।
उक्त कार्यक्रममा विद्यार्थीलाई सहिद सप्ताह मनाउनुको उद्देश्य र कारण साथै अहिलेको बर्तमान अवस्थाको चित्रण गर्दै प्रमुख अतिथी बद्रीले स्पष्ट पार्नुभएको थियो ।