फागुन १४ गते शैक्षिक हड्ताल, सफल पार्न अखिल क्रान्तिकारी कास्कीको अपिल !

आफ्ना केन्द्रीय अध्यक्ष चिरन जीवी ढकाल र कोषाध्यक्ष नरेन बिक प्रकाउ परे पछी केन्द्रीय उपाध्यक्ष द्दारा पुर्व घोषित कार्यक्रम अनुरूप फागुन १४ मा कास्की जिल्लाका सम्पूर्ण शैक्षिक जिल्लाका सामुदायिक तथा निजी  शैक्षिक सस्थाहरु बन्द गरी हड्ताल सफल पार्न जिल्ला अध्यक्ष प्रकाश बास्तोलाले हस्ताक्षरित बिज्ञप्ती जारी गरेको हो ।

क्रान्तिकारीले ढकाल लगायत सरकारद्धारा गैह्रन्यायीक रुपमा गिरप्तार गरिएका सबै विद्यार्थी नेता कार्यकर्ताहरुको विना सर्त तत्काल रिहाईको माग गर्दै संघर्षका कार्यक्रमहरु घोषणा गरिएको जनाएको छ । क्रान्तिकारीका केन्द्रीय अध्यक्ष ढकाललाई यही फागुन १ गते जनयुद्ध दिवस मनाउने तयारी गरिरहेका बेला प्रहरीले काठमाडौँबाट गिरफ्तार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस