सर्वत्र भोलि नेपाल बन्दको हल्ला चलेपछि नेकपाका एक नेताले सो स्पष्टिकरण दिएका छन् ।
नेकपाका एक नेताका अनुसार “भोलि नेकपाको बन्द भनेर जुन हल्ला चलेको छ त्यो हल्ला मात्र हो । अहिले हाम्रो बन्दको कुनै कार्यक्रम नरहेको स्पष्ट पार्न चाहन्छौं ।”
उनले भने, ‘ विप्लव निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले विभिन्न क्याम्पसहरुमा ज्ञापनपत्र बुझाउने योजना बनाएको छ ।’ र ज्ञापन पत्र बुझाएको छ ।
यहि अन्तर्गत ७ गते ज्ञापनपत्र बुझाउने, ८ गते कोणसभा, ११ गते अन्तरक्रिया, १२ गते विरोध प्रदर्शन, १३ गते मशाल जुलुस र १४ गते आम शैक्षिक हडताल गर्ने कार्यक्रम रहेको बताइएको छ ।