बिद्रोही नेकपाको जनयुद्द दिवस, रङ्गिन पोष्टर कास्कीका बिभिन्न ठाउँमा

फागुन १ गते अर्थात जनयुद्ध दिवस  नेपालमा तत्कालीन बिद्रोहि समूह नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले शसस्त्र जनयुद्ध घोषणा गरेको २५ बर्ष पूरा भएको छ ।

जनयुद्धको २५  औं बर्षगाठको अवसर पारेर विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने बताएको छ । झन्डै १ बर्षअगाडी आफ्नो पार्टीबिरुद्ध प्रतिबन्ध लगाएपछि भुमिगत जस्तै बनेका उक्त पार्टीले जनयुद्ध दिवस मनाउने आन्तरिक तयारीहरु गरेका छन ।

जनयुद्ध दिवस भव्यतामा साथ मनाउ भन्ने मुल नारासहितको रङ्गिन पोष्टर कास्कीका गाउँपालीका, महानगरका बाटोभरी टासिएका छन । क्रान्तिमा उर्जामुलक सन्देशसहितको तस्वीर अन्कित गरिएको पोष्टर टासेर कास्की लगाएत अन्य जिल्लामा व्यापक प्रचार गरिएको बताईएको छ । कास्की जिल्लाको  रुपा गाउँपालिका, मादी गाउँ पालिका, अन्नपूर्ण गाउँपालिका लगाएत पोखरा महानगरपालिका भित्रका धेरै ठाउँमा पोष्टर टासिएको छ ।

प्रतिबन्धका बिचपनी पार्टीले जनयुद्ध दिवसलाई औपचारिक र भव्य कार्यक्रम गरि मनाउँदैछ, स्रोतले भन्यो हामी सरकारले प्रतिबन्ध नलगाउँदा पनि जनताकोमा थियौं, लगाउँदा पनि जनताकोमा नैै छौँ प्रतिबन्धले हाम्रा कार्यक्रममा कुनै असर पुर्याएको छैन । ४ कमान्ड बनाएर कार्यक्रमहरु तयार गरेको नेपाल कम्युनिस्ट पार्टीले बिभिन्न क्षेत्रमा मध्यपश्चिम कमाण्डको प्रचार देखिन्छ ।

सामाजिक दलाल फासिवादको प्रतिरोध गरौं , वैज्ञानिक समाजवाद प्राप्तिको दिशामा अगाडी बढौ ! भन्ने नारा लेखेर पोष्टर, पम्पलेटहरु बितरण गरिएको छ ।

यस्तै जनयुद्ध दिवस पारेर नेकपाले देशब्यापी सहिद परिवार भेटघाट एवं बृहत जनसभाको समेत आयोजना गरेको छ, नेकपालाई प्रतिबन्ध लगाएपछि पहिलोपटक जनयुद्ध दिवस मनाउन लागेको हो । जनयुद्ध दिवस मनाउने एउटै पार्टी तैपनी सरकारबाट प्रतिबन्ध लगाईएको पार्टीले कसरि जनयुद्ध दिवस मनाउला भन्ने सर्वत्र चासोका साथ हेरिएको छ।

प्रतिक्रिया दिनुहोस