रौतहट । रौतहटमा प्रहरी र भारतीय समूहबीच गोली हानाहान भएको छ । ईशानाथ नगरपालिका १, बकैया खोलाको बाँधमा खटिएका प्रहरीमाथि गोली प्रहार भएको थियो । त्यसपछि प्रहरीले जवाफी फायर गरेको प्राप्त समाचारमा जनाइएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार गोली लागेर भारत विहार मोतिहारी राजजटौलिया ग्राम पञ्चायत ४ का २१ वर्षीय शेख चान्दली घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहट र सीमा प्रहरी चौकी बन्जराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भारतबाट आउँदै गरेको मोटसाइकलमा सवार ३ जनाले फायर गरेको थिए । घाइते चान्दली मोटरसाइकलमा सवार थिए । उनको गौरस्थित अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनास्थलबाट कटुवा पेस्तोल १ थान, गोली १ राउन्ड र खोका १ थान बरामद गरेको छ ।
मोटरसाइकलसहित फरार अन्य २ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।