विप्लव कार्यकर्ता गिरफ्तार गर्न गएका प्रहरी आफ्नै बन्दुक पड्किँदा घाइते

माघ १४, बर्दिया। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार गर्न गएका प्रहरी आफ्नै बन्दुक पड्किँदा घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय, ढोडरीको प्रहरी टोली नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता पक्राउ गर्न भन्दै  मधुवन नगरपालिका-४, मौवामा पुगेको थियो । तर प्रहरीले बोकेको हतियार पड्किँदा एक जना घाइते छन् । घाइते हुने प्रहरीको परिचय खुलाइएको छैन ।

घाइते प्रहरीलाई भेरि अस्पताल, नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय, बर्दियाले जनाएको छ । घाईते प्रहरीको दाहिने खुट्टामा गोली लागेको प्रहरी श्रोतको भनाई छ । प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका जयबहादुर ठाडा मगर र रोहित सुनारलाई पक्राउ गरेको जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस