संसदले नयाँ सभामुख पाएकोमा प्रधानमन्त्रीद्वारा खुसी व्यक्त, एमसिसी पारित गर्नुपर्नेमा जोड ।

काठमाडौं – देशले शुशासन र बिकासको दिशामा केन्द्रित भएर अघि बढिरहेको अवस्थामा संसदले नयाँ सभामुखको रुपमा अग्नि सापकोटालाई पाएकोमा प्रधानमन्त्रीद्वारा खुसी व्यक्त गरेका छन् ।

आज मङ्गलवार बसेको प्रतिनिधि सभाको बैठकका क्रममा बोल्दै प्रधानमन्त्री केपी ओलीले देशलाई बिकासको गतिमा अघि बड्न जोड दिनुपर्ने भन्दै पार्टी, सरकार र ब्यक्तीगत रुपमा सभामुखलाई साथ दिने भन्दै शुभकामना दिनुभएको हो ।

यस्तै सभामा बोल्दै उहाँले एमसिसि जस्ता कुराहरु पारित गर्नुपर्नेमा समेत जोड दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस