विन्दुवासिनी संस्कृत विद्यापिठको ब्याकरण विभाग प्रमुखमा आचार्य नियुक्त,खेताला सह- प्राध्यापक कंडेल चितवनमा!

पोखरा।विन्दुवासिनी संस्कृत विद्यापीठ(क्याम्पस)मा व्याकरण विषयको रिक्त विभाग प्रमुखमा डा.भानुभक्त आचार्य नियुक्त भएका छन।आचार्यको कार्यकाल तिन बर्षको रहनेछ।

विद्यापीठ क्याम्पसका प्राचार्य विपिराज न्यौपाने(विपिन)ले हस्ताक्षर गरेको उक्त नियुक्ती पत्रमा नेपाल संस्कृत विश्वविद्यालयको ऐन,नियम र निर्देशिकाको परिधिभित्र रहि आफ्नो कार्यभार सम्हाल्न अनुरोध गरिएको छ।

विद्यापीठका प्राचार्य न्यौपानेले निष्पक्ष र न्यायोचित तवरले दिईएको जिम्मेवारी कुशलतापुर्वक सम्हाल्ने आचार्यले बताए।

विद्यापीठका पुर्व प्राचार्य काशीनाथ कंडेललाई अन्य प्राध्यापकले भने, खेतला प्राध्यपक!

विन्दुवासिनी विद्यापीठ पोखराका पुर्व प्राचार्य सह-प्राध्यापक काशीनाथ कंडेलले आफ्नी श्रीमती उप-प्राध्यापक दिपा शर्मा कंडेलको प्रियड(कक्षा अवधि) पढाउने गरेको पाईएको छ।

यस बारे अन्य क्याम्पसका प्राध्यपकहरु संगको जिज्ञासामा,पुर्व प्राचार्य कंडेलको यो खेताला प्रवित्तिको काम भएको जानकारी दिए।

विद्यपिठको स्नातक तह दोस्रो वर्ष व्याकरण विषयका विद्यार्थिहरुले पुर्व प्राचार्य कंडेललाई कक्षाको नियमित प्रियडको समयमा खोजी गर्दा चितवनमा रहेको विद्यार्थी स्रोत बाट जानकारी दिएका छन।

प्रतिक्रिया दिनुहोस