चीनका पूर्व कृषिमन्त्री टाङ्गलाई घुसकाण्डमा मृत्युदण्डको फैसला

बेइजिङ- चीनका पूर्व कृषिमन्त्री टाङ्ग रेनजियानलाई ठूलो मात्रामा घुस लिएको अभियोगमा मृत्युदण्डको फैसला गरिएको छ ।

राज्य सञ्चालित सिन्ह्वा समाचार एजेन्सीका अनुसार अदालतले टाङ्गमाथि पदको दुरुपयोग गरी करोडौँ युआन बराबरको घुस लिएको ठहर गर्दै मृत्युदण्ड सुनाएको हो । तर उक्त सजायलाई दुई वर्षका लागि निलम्बन गरिएको छ, जसलाई पछि जन्मकैदमा रूपान्तरण गर्न सकिने प्रावधान छ ।

६१ वर्षीय टाङ्गले कृषिमन्त्रीको रूपमा कार्य गर्दा ठूला ठेक्का, पदोन्नति र नीति–निर्माणमा प्रभाव पार्ने क्रममा अनियमित लाभ उठाएको अदालतले जनाएको छ ।

राष्ट्रपति सी चिनफिङले सुरु गरेको भ्रष्टाचारविरोधी अभियानअन्तर्गत चीनमा पछिल्ला वर्षमा उच्च तहका अधिकारीहरूलाई पनि कडा कारबाही हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस