विद्युत प्राधिकरणबाट हितेन्द्र हटाइए,मनोज सिलवाल नयाँ कार्यकारी निर्देशक

काठमाण्डौ। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदबाट हटाएको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले शाक्यलाई प्राधिकरणबाट हटाएर जल तथा ऊर्जा आयोगको विशिष्ठ श्रेणीको विशेषज्ञ पदमा नियुक्त गरेर सरुवा गरेको हो।

शाक्यलाई प्राधिकरणबाट सरुवा गरेपछि रिक्त कार्यकारी निर्देशकमा प्राधिकरणकै पूर्व उप कार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस