नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की बनिन्

भदौ २३-२४ गतेको जेनजी आन्दोलन पछि भदौ २७ शीतलनिवासमा आयोजित विशेष समारोहमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन। उनी मुलुककै पहिलो महिला प्रधानमन्त्री बनेकी छन् ।

सुशीला कार्की यसअघि नेपालको पहिलो महिला प्रधानन्यायाधीशका रूपमा चर्चित थिइन् । न्याय क्षेत्रमा दृढ र इमानदार नेतृत्व प्रस्तुत गरेकी कार्की अब कार्यकारी नेतृत्वमा प्रवेश गरेकी छन् ।

मन्त्रीमण्डल विस्तार भने जेनजी युवाहरु संग छलफल गरेर मात्र हुने देखिन्छ।

प्रतिक्रिया दिनुहोस