पोखरामा जेनजीको प्रदर्शनमा गोली चलेपछि ३० जना घाइते, १५ जनालाई पक्राउ

काठमाडौँ । पोखरामा जेनजीको प्रदर्शनका क्रममा ३० जना घाइते भएका छन्। प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर ५ जना घाइते भएको अपुष्ट जानकारी प्राप्त भएको छ । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरूद्ध पोखरामा आयोजित जेनजी प्रदर्शन भड्काएको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ।

जेनजी आन्दोलनका अगुवाहरुले मानवअधिकार चोकमै आन्दोलन स्थगित भएको घोषणा गरे पनि उत्तेजित समूह मुख्यमन्त्री कार्यालय र सिडिओ कार्यालय अगाडी पुगेर प्रदर्शन गरेका थिए।

उनीहरूले मुख्यमन्त्री कार्यालयमा आगजनी गर्न खोजेकाले अश्रुग्यास र पानीको फोहोर प्रहार गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस